

-
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफूले पाएको तलबले जीर्णोद्धार रहेको विद्यालय भवन निर्माण गरेका छन्। बडाध्यक्ष खत्रीले वडामा नै रहेको चन्द्रसूर्य माध्यमिक बिद्यालयको जीर्ण भवन निर्माण गरेका हुन्। गत वर्ष निर्वाचित भएयता आफूले ३ लाख ५० हजार रुपैयाँ पाएको त्यसको रकमबाट जिर्ण रहेको बिद्यालय भवन निर्माण गरेको वडा अध्यक्ष खत्रीले बताए। ‘मैले शपथग्रहण गरेभन्दा यताको मलाई तलब दिइएको थियो।’ उनले भने,‘त्यो रकम आफ्नै गाउँमा जीर्ण रहेको भवन निर्माणमा खर्च गरेको छु।’ बिद्यालयमा आफुले सानै उमेरदेखि अध्यायन गरेको बिद्यालयको अवस्था आफुलाई पहिलेदेखि थाहा भएको एक जनप्रतिनीधि हुनुका नाताले आफु पाएको तलब बिद्यालय बनाउन सहयोग गरेको अध्यक्ष खत्रीले बताए। ‘त्यो बिद्यालयमा म सानै उमेरदेखि पढेको हुँ।’ उनले भने,‘बिद्यालयको अवस्था देखेर आफ्नो तलब बिद्यालय बनाउन सहयोग गरेको हुँ।’ बिद्यालय भवन नहुदाँ बिद्यार्थीहरु चौरमा बसेर पढ्ने गरेको अहिले वडा अध्यक्षको तलबबाट बिद्यालयको भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक धर्मराज आर्चायले बताए। ‘वडा अध्यक्षज्यूले आफ्नो तलबबाट जिर्ण रहेको बिद्यालय भवन पुर्ननिर्माण भएको छ।’ उनले भने,‘बिद्यार्थीहरुले चौरमा बसेर पढ्ने दिनको अन्त्य भएको छ।’ विद्यालयमा कक्षा १२ सम्मको अध्यायन हुने गरेको भएपनि शिक्षको दरबन्दी नहुँदा शिक्षकको तलव समेत अभिभावकको पहलमा खुवाउने गरिएको प्रधानाध्यापक आचार्यले बताए। ‘सरकारले १२ कक्षासम्मको अध्यायनको स्वीकृति दिएको छ। शिक्षकको दरबन्दी नहुदाँ शिक्षक स्थानीय स्रोतबाट राखिएको तलब अभिभावकहरुले खुवाउने गरेको थाहाखवरले लेखेको छ ।
News Desk 0 response आइतवार, पुस १, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



