

-
कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफूले पाएको तलबले जीर्णोद्धार रहेको विद्यालय भवन निर्माण गरेका छन्। बडाध्यक्ष खत्रीले वडामा नै रहेको चन्द्रसूर्य माध्यमिक बिद्यालयको जीर्ण भवन निर्माण गरेका हुन्। गत वर्ष निर्वाचित भएयता आफूले ३ लाख ५० हजार रुपैयाँ पाएको त्यसको रकमबाट जिर्ण रहेको बिद्यालय भवन निर्माण गरेको वडा अध्यक्ष खत्रीले बताए। ‘मैले शपथग्रहण गरेभन्दा यताको मलाई तलब दिइएको थियो।’ उनले भने,‘त्यो रकम आफ्नै गाउँमा जीर्ण रहेको भवन निर्माणमा खर्च गरेको छु।’ बिद्यालयमा आफुले सानै उमेरदेखि अध्यायन गरेको बिद्यालयको अवस्था आफुलाई पहिलेदेखि थाहा भएको एक जनप्रतिनीधि हुनुका नाताले आफु पाएको तलब बिद्यालय बनाउन सहयोग गरेको अध्यक्ष खत्रीले बताए। ‘त्यो बिद्यालयमा म सानै उमेरदेखि पढेको हुँ।’ उनले भने,‘बिद्यालयको अवस्था देखेर आफ्नो तलब बिद्यालय बनाउन सहयोग गरेको हुँ।’ बिद्यालय भवन नहुदाँ बिद्यार्थीहरु चौरमा बसेर पढ्ने गरेको अहिले वडा अध्यक्षको तलबबाट बिद्यालयको भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक धर्मराज आर्चायले बताए। ‘वडा अध्यक्षज्यूले आफ्नो तलबबाट जिर्ण रहेको बिद्यालय भवन पुर्ननिर्माण भएको छ।’ उनले भने,‘बिद्यार्थीहरुले चौरमा बसेर पढ्ने दिनको अन्त्य भएको छ।’ विद्यालयमा कक्षा १२ सम्मको अध्यायन हुने गरेको भएपनि शिक्षको दरबन्दी नहुँदा शिक्षकको तलव समेत अभिभावकको पहलमा खुवाउने गरिएको प्रधानाध्यापक आचार्यले बताए। ‘सरकारले १२ कक्षासम्मको अध्यायनको स्वीकृति दिएको छ। शिक्षकको दरबन्दी नहुदाँ शिक्षक स्थानीय स्रोतबाट राखिएको तलब अभिभावकहरुले खुवाउने गरेको थाहाखवरले लेखेको छ ।
News Desk 0 response आइतवार, पुस १, २०७५


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०