

-
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रमिकहरुको सम्मान नगर्नेहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’को विरोध गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको विषयलाई उचालेर विरोधीहरुले सो कार्यक्रमको विरोध गरेकोमा आपत्ति जनाए। सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री ओलीको फोटोसहितको होडिङ बोर्ड सडक–सडकमा राखिएकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो।
परराष्ट्रमन्त्री ज्ञवालीले ३५ लाख श्रमिकहरुलाई पेन्सनसहितको व्यवस्था गर्न सरकारले सो कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसको विरोध नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।
सोही प्रसंगलाई लक्षित गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले श्रमिकहरुको हितमा सरकारले काम गर्दा चित्त दुखाउनुपर्ने कुनै विषय नभएको स्पष्ट पारे।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको ९ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी पनि गरे। यसबीचमा सरकारले नेपालले कहिल्यै नाकाबन्दी व्यहोर्नु नपर्नेगरी चीनसँग पारबहन सम्झौता गरेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले स्मरण गराए।
News Desk 0 response मङ्लबार, मंसिर २५, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



