
-
प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भअघि तामझाम किन भन्नेहरुलाई सरकार देखाउन गरिएको जवाफ दिएका छन् ।
प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको बताए। सरकार देश बनाउन हो। त्यो काम सरकार गर्दैछ, प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रतिपक्षी नेपाली कांग्रेसप्रति पनि कडा सुनिए। केही दिनअघि कांग्रेसको तर्फबाट आएको सरकार कहाँ छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, सरकार खोज्नेहरुलाई म भन्न चाहन्छु– अझै देख्नुभएनरु अब चस्मामा पावर थपिइरहनुपर्दैन। सरकार त्यतिकै देखिन्छ।
प्रधानमन्त्रीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुस्ख पाएका जनतालाई सोध्न आग्रह गरे। उनले केही दिनमा आउने मेलम्चीको पानीले सरकार कहाँ छ भन्ने जवाफ दिने बताए।
उनले जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने बताए। सरकार बनेको ९ महिना भइसक्यो, एयरपोर्ट किन बनेन भन्छन्, उनले भने, ९ महिनामा दुनियाँमा कहाँ एयरपोर्ट बनेको छ
प्रधानमन्त्रीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता दोहोर्याए। जनता निराश हुनु पर्दैन। हुन दिइँदैन। यो देशमा जनताले जे चाहेको छ, त्यही भएको छ, राणा शासन फालेकोदेखि नेकपा बनेकोसम्म उदाहरण दिँदै ओलीले भने, विकास पनि हुन्छ।
प्रधानमन्त्रीले सामाजिक सुरक्षा कार्यक्रम २५ वर्षअघि एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमकै नयाँ आयाम भएको बताए। ुसामाजिक सुरक्षा दायित्व र अधिकारको सम्मिश्रण हो। यो ढुकुटीबाट झिक्दै बाँड्ने होइन, ढुकुटीमा भर्दै बाँड्ने कार्यक्रम हो, प्रधानमन्त्रीले भने।
News Desk 0 response मङ्लबार, मंसिर ११, २०७५


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९