

-
काठमाडौं ।
नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ लैजाने पासाङनोर्बू तामाङ ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् । सोमवार पक्राउ परेका पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए । सिन्धुपाल्चोक भोटेकोशी गापा ५ का तामाङबिरुद्ध काठमाण्डौंको बौद्धमा उजुरी परेको थियो । भारत तर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले तामाङलाई पक्राउ गरिएको बौद्धका डिएसपी नरेन्द्र चन्दले वताए । फरार अवस्थामा रहेका तामाङका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ । बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका तामाङको टोलीले गोरुको मासु,वाँदरको गिदी,गैडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । हाल उनीहरुले काठमाडौंको नख्खुमा चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर उनीहरुले अबैध काम गरिरहेको उनीहरुका निकटहरु बताउँछन् । यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९