

-
काठमाडौं ।
नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ लैजाने पासाङनोर्बू तामाङ ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् । सोमवार पक्राउ परेका पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए । सिन्धुपाल्चोक भोटेकोशी गापा ५ का तामाङबिरुद्ध काठमाण्डौंको बौद्धमा उजुरी परेको थियो । भारत तर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले तामाङलाई पक्राउ गरिएको बौद्धका डिएसपी नरेन्द्र चन्दले वताए । फरार अवस्थामा रहेका तामाङका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ । बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका तामाङको टोलीले गोरुको मासु,वाँदरको गिदी,गैडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । हाल उनीहरुले काठमाडौंको नख्खुमा चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर उनीहरुले अबैध काम गरिरहेको उनीहरुका निकटहरु बताउँछन् । यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



