

-
सिन्धुपाल्चोक ।
भोटेकोशी पावर कम्पनीले दिने सहयोगमा बिभेद भएपछि भोटेकोशी गाउँपालिमा रहेको तातोपानी आधारभूत बिद्यालयले आक्रोश पोखेको छ । भोटेकोशी पावर कम्पनीबाट सवैभन्दा धेरै प्रभावित रहेको यो बिद्यालयलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सुबिधा नै कटौती गरेपछि बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकले संयुक्तरुपमा पत्र लेखेर नै सहयोगमा बिभेद भएको भन्दै आक्रोश पोखेका हुन् । पावर हाउसले प्रयोग गर्ने भोटेकोशी नदीको किनारैमा रहेको यो बिद्यालयलाई पावर कम्पनीले बिगतदेखिनै बिभेद गर्दै आएका कारण कार्यालयमा नै गएर असन्तुष्टी ब्यक्त गरेको प्रधानाध्यापक कृष्ण नेपालले वताए । पटक पटक आएको भोटेकोशीको बाढी बाट पनि धेरै क्षती भएको यो बिद्यालयमा भोटेकोशीले सम्झौता अनुरुपको सहयोग नगरेको बिद्यालयको भनाई छ । जुन तहसम्म सञ्चालन भएको बिद्यालय छ सोही तहको एकजना शिक्षकको तलव भोटेकोशी पावर कम्पनीले दिने बिगतको सम्झौता भएपनि कम्पनीले हाल मासिक रुपमा १५ हजार रुपैयाँमात्र उपलब्ध गराएको नेपालले वताए । नदी किनार छेवैमा भएको यो बिद्यालयलाई पावर कम्पनीले हेपेको अनुभूति भएपछि बिभिन्न निकायमा ध्यानाकर्षण पनि गराईएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुवहादुर श्रेष्ठले बताए । कम्पनीलाई पटक पटक अनुरोध गर्दा पनि नसुनेपछि प्रकृयागत रुपमा अघि बढिएको र अव जिल्ला,प्रदेशसम्मका प्रशासनिक निकायमा न्यायको लागि जाने अध्यक्ष श्रेष्ठको योजना छ । अन्य बिद्यालयको भौतिक संरचनासमेत कम्पनीले निर्माण गरेपनि यस बिद्यालयलाई भने कम्पनीले पुरै वेवास्ता गरेको स्थानीयले गुनासो गरिरहेका छन् ।
News Desk 0 response आइतवार, कार्तिक २५, २०७५

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



