

एक दशकमा बिदेश गएका ६ हजार ८ सय कामदारको मृत्यु
यो अवधिमा रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको
-
काठमाडौं ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा गएका कामदार र तीनका परिवारको हकहित संरक्षण, सीप अभिवृद्धि, पुनः एकीकरण जस्ता कल्याणकारी कार्य गर्दै आएको छ। यो स्थापना भएको एक दशक पुरा भएको छ । यो अवधिमा रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको बोर्डले जनाएको छ।
आव २०६७र६८ देखि २०७४र७५ सम्म विभिन्न देशमा पाँच हजार ८ सय ३२ कामदारको मृत्यु तथा ७ सय ८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ। सो अवधिमा मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ।
यसैगरी साउदी अरेबियामा एक हजार ६ सय ३४ पुरुष र तीन महिला, कतारमा एक हजार १ सय ९१ पुरुष र आठ महिला, युएईमा ४ सय ५६ पुरुष र २९ महिला, कुवेतमा १ सय ४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको थियो।
बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २ सय २ जनालाई सहायता प्रदान गरेको छ। कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पुर्याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
विभिन्न गन्तव्य मुलुकमा अलपत्र परेका १ सय ५ जनाको उद्धार गरिएको, २ सय ६ वटा शव झिकाएको, एक हजार तीन शव ढुवानी गरिएको बोर्डले जनाएको छ। पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ।
कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराइने उनले बताए। कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी रु १५ लाख पुर्याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले भने, ुबोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ।ु
बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका कामदारको परिवारलाई सहयताका लागि विभिन्न काल्याणकारी कार्य गर्दै आएको छ। बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका सन्ततिलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पुर्याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। हालसम्म एक हजार २५५ छात्रछात्राले छात्रवृत्ति सहयोग प्राप्त गरेका नेपाललाईभले जनाएको छ ।
बोर्डले मृतक कामदारका कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक रुपमा रु आठ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई रु १२ हजार छात्रवृत्ति प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका कामदारका परिवारका सदस्यलाई तीनवर्षे र एकवर्षे पूर्ण निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने उनले बताए। बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका लाग दिइने अभिमुखीकरण तालिमका लागि पाठ्यक्रम परिमार्जनका लागि समिति गठन गरेको छ।
News Desk 0 response आइतवार, कार्तिक १८, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



