

-
चौतारा ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ ।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा पर्खाल लगाउने काम भइरहेको हुँदा लिपिङको बसपार्कसम्म साना गाडी सञ्चालन भएका छन् ।
सडक निर्माणका साथै नाका सञ्चालन गर्न गत भदौ १७ गते तिब्बत स्वशासित प्रदेशकी उपसचिव छुयाङलुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाल सरकारका विभिन मन्त्रालयका अधिकारी सम्मिलित टोलीले बाह्रबिसेदेखि तातोपानी सडकका साथै खासा क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका थिए ।
उक्त सडक खण्डको साविक चौडाइ वृद्धि गरी १२ मिटर फराकिलो पारिने भएको छ । सडक चौडा गर्दा कसैको पूरै र कसैको आधा घर पर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताए ।
सडक निर्माणका लागि आवश्यक ठूला निर्माण सामग्री आइसकेको बताइएको छ । चीन सरकारले बनाइदिने मितेरी पुल पनि खासापट्टिको भागमा काम भइरहेको स्थानीयले बताएका छन् । राजधानीबाट छोटो दूरीमा रहेको सो नाका बन्द हुँदा वार्षिक रु छ अर्ब राजस्व गुम्नुका साथै रोजीरोटी गुमेको छ ।
सोही कम्पनीले निर्माण गरिरहेको सुख्खा बन्दरगाहको काम पनि तीव्रगतिमा भइरहेको छ । गत वैशाख २० गते सम्झौता भएको उक्त बन्दरगाह आगामी मे महीनामा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि छ महीनाकै अवधिमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । भोटेकोशीमा बनाइने ११२ मिटर पक्की पुलको काम अबको तीनरचार महीनामा सम्पन्न हुने बन्दरगाहमा कार्यरत मिलन शेर्पाले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, कार्तिक १६, २०७५
-रासस-

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



