

यौनको फन्दामा परेका केशव स्थापितद्वारा मुख्यमन्त्रीलाई बैंठकमै अभद्र ब्यवहार
संविधान अनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन्
-
काठमाडौं ।
मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रकृया सुरु गरिएको छ । मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको छ । संविधान अनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन् ।
काठमाडौं महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोपसँगै मुख्यमन्त्रीलाई दुब्र्यवहारको फन्दामा परेका छन् ।
मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोप पनि उनलाई लागेको छ ।बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएका थिए ।
उनलाई हटाउने अनुमतिका लागि नेकपा नेतृत्वसँग छलफल चलेको बताईन्छ ।
स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग भेट्न खोजेका छन् । मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् ।स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भएको थियो ।
पार्टी अध्यक्षलाई भेटेर कि हटाउने अनुमति दिन कि त आत्मालोचनासहित काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरिने स्रोतले जनाएको छ ।
News Desk 0 response बिहिबार, कार्तिक १५, २०७५
भौतिक पूर्वाधार मन्त्रालयको काम केही नभएको र १७ करोड बजेट भएको मन्त्रालयको प्रगति नदेखिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाउन लागिएको स्रोतको दाबी छ ।

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



