

यस कारण भयो, प्रहरी प्रमुखको बिषयमा अखिल भित्र पक्ष बिपक्ष
सर्वेन्द्र खनालसँग नजिक भएकाहरुले बिरोध गरेको आरोप
-
काठमाडौं ।
माउ पार्टी एकता भएपनि भातृ संगठन एकता नहुँदा दुईटै संगठन अस्तित्वमा रहेको नेकपाको बिद्यार्थी संगठनमा प्रहरी प्रमुखको बिषय लिएर असन्तुष्टि बढेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रमुखले राजीनामा दिनु पर्ने मागपत्र वोकेर गृहमन्त्री भेट्न गएका केही नेताहरु आफुखुशी गएको अर्को पक्षले आरोप लगाएको छ । बिशेषगरी महानिरिक्षकको नजिक रहेका बिद्यार्थीहरुले खनालको राजिनामा माग्न नहुने जिकिर गर्दै आएका छन् । तर, माग पत्रको पहिलो नम्वरमा नै नालायक महानिरीक्षकल ेराजीनामा दिनु पर्ने उल्लेख गरिएको छ ।विद्यार्थी संगठन अनेरास्वियु र अनेरास्ववियु (क्रान्तिकारी ) का केही नेताले आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै राजीनामा मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
प्रहरीको नेतृत्वनै कमजोर भएकाले दैनिक अपराधका घटना बढेको उनीहरुको आरोप छ । बिहीबार विहान अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो । अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको बताएका छन् । उनीहरुले सरकारको एउटा कर्मचारीको राजिनामा माग्ने काम संगठनले नगर्ने बताएका छन् ।
News Desk 0 response बिहिबार, अशोज १८, २०७५


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२