
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र लफडा
कार्यालय प्रमुखले लुटपाट गरेको भन्दै अर्को प्रमुखद्धारा मुद्धा दायर
-
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई कार्यालयबीच नेपालगञ्जमा लफडा भएको छ । लफडाले अदालतसम्मको मार्ग तय गरेको छ ।
नेपाल वायु सेवा निगम नेपालगञ्जका प्रमुख मुक्तिराम पाण्डेले नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका तत्कालीन निर्देशक प्रतापबाबु तिवारीविरुद्ध मुद्दा दायर गरेका छन् । तिवारीविरुद्ध जिल्ला अदालत बाँकेमा निगमको भवन डोजर लगाएर भत्काइदिएको र त्यहाँको सम्पत्ति हिनामिना गरेको भन्दै लुटपाट मुद्दा दायर भएको हो । उनले भवन भत्काउँदा भएको क्षतिपूर्ति भराइदिन समेत माग गरेका छन्।निगमको इन्जिनियरिङ भवन रहेको जग्गाको लालपूर्जा बनाउने प्रक्रिया चलिरहेकै बेला उड्यन कार्यालयका निर्देशक तिवारीले कानुन हातमा लिएर डोजर लगाएर भवन भत्काइदिएको निगमका प्रमुख पाण्डेले बताए।‘डोजर लगाएर भवन भत्काउँदा निगमको २४ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ नोक्सान भएको भएकोले उक्त रकम क्षतिपूर्तिवापत भराइपाउँ,’ निगमका प्रमुख पाण्डेले मागदाबी गरेका छन्।
नागरिक उड्डयन कार्यालयका निर्देशक तिवारीले गत असार १९ गते राति नेपालगञ्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन डोजर लगाएर भत्काइदिएका थिए।
निगमले २०३५ सालमा निर्माण गरेको इन्जिनियरिङ युनिटको भवनमा रातिको समयमा डोजर लगाएर भत्काई निगमलाई हानि–नोक्सानी पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै तिवारीमाथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगञ्जका प्रमुख पाण्डेले बताए।
उक्त इन्जिनियरिङ भवन हटाउन पटकपटक आग्रह गर्दा पनि निगमले नहटाएको जनाउँदै उड्डयन कार्यालयका निर्देशक तिबारीले डोजर लगाएर भत्काइदिएका थिए। नेपालगञ्ज विमानस्थल परिसरमा ३ कठ्ठा ३ धुरमा क्षेत्रफलमा २०३५ सालमा निर्माण भएको उक्त भवन हालसम्म निगमले भोगचलन गर्दै आएको थियो।
नागरिक उड्यन कार्यालयले भने विमानस्थलको स्तरोन्नति गरी यात्रु कक्ष र चमेनागृहको लागि नयाँ भवन बनाउनुपर्ने भएकोले निगमलाई पुरानो घर खाली गराइदिन बारम्बार आग्रह गर्दा पनि अटेर गरेकाले डोजर लगाएर भत्काएको बताउँदै आएको छ।
News Desk 0 response बुधबार, अशोज १७, २०७५


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९