

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र लफडा
कार्यालय प्रमुखले लुटपाट गरेको भन्दै अर्को प्रमुखद्धारा मुद्धा दायर
-
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई कार्यालयबीच नेपालगञ्जमा लफडा भएको छ । लफडाले अदालतसम्मको मार्ग तय गरेको छ ।
नेपाल वायु सेवा निगम नेपालगञ्जका प्रमुख मुक्तिराम पाण्डेले नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका तत्कालीन निर्देशक प्रतापबाबु तिवारीविरुद्ध मुद्दा दायर गरेका छन् । तिवारीविरुद्ध जिल्ला अदालत बाँकेमा निगमको भवन डोजर लगाएर भत्काइदिएको र त्यहाँको सम्पत्ति हिनामिना गरेको भन्दै लुटपाट मुद्दा दायर भएको हो । उनले भवन भत्काउँदा भएको क्षतिपूर्ति भराइदिन समेत माग गरेका छन्।निगमको इन्जिनियरिङ भवन रहेको जग्गाको लालपूर्जा बनाउने प्रक्रिया चलिरहेकै बेला उड्यन कार्यालयका निर्देशक तिवारीले कानुन हातमा लिएर डोजर लगाएर भवन भत्काइदिएको निगमका प्रमुख पाण्डेले बताए।‘डोजर लगाएर भवन भत्काउँदा निगमको २४ लाख ४१ हजार ४ सय ७६ रुपैयाँ नोक्सान भएको भएकोले उक्त रकम क्षतिपूर्तिवापत भराइपाउँ,’ निगमका प्रमुख पाण्डेले मागदाबी गरेका छन्।
नागरिक उड्डयन कार्यालयका निर्देशक तिवारीले गत असार १९ गते राति नेपालगञ्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन डोजर लगाएर भत्काइदिएका थिए।
निगमले २०३५ सालमा निर्माण गरेको इन्जिनियरिङ युनिटको भवनमा रातिको समयमा डोजर लगाएर भत्काई निगमलाई हानि–नोक्सानी पुर्याएकाले क्षतिपूर्तिको माग गर्दै तिवारीमाथि लुटपाट मुद्दा दायर गरिएको निगमका नेपालगञ्जका प्रमुख पाण्डेले बताए।
उक्त इन्जिनियरिङ भवन हटाउन पटकपटक आग्रह गर्दा पनि निगमले नहटाएको जनाउँदै उड्डयन कार्यालयका निर्देशक तिबारीले डोजर लगाएर भत्काइदिएका थिए। नेपालगञ्ज विमानस्थल परिसरमा ३ कठ्ठा ३ धुरमा क्षेत्रफलमा २०३५ सालमा निर्माण भएको उक्त भवन हालसम्म निगमले भोगचलन गर्दै आएको थियो।
नागरिक उड्यन कार्यालयले भने विमानस्थलको स्तरोन्नति गरी यात्रु कक्ष र चमेनागृहको लागि नयाँ भवन बनाउनुपर्ने भएकोले निगमलाई पुरानो घर खाली गराइदिन बारम्बार आग्रह गर्दा पनि अटेर गरेकाले डोजर लगाएर भत्काएको बताउँदै आएको छ।
News Desk 0 response बुधबार, अशोज १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



