

-
मेलम्ची ।
मेलम्ची खानेपानी आयोजनाको सिमेन्ट चोरी घटनाका बिषयमा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आरोप लागेको छ । सूचनाको आधारमा चोरी गर्दा गर्दै प्रहरीले भेटेपनि अभियुक्त पक्राउ नपरेपछि ठेकेदार कम्पनीले गुनासो गरेको छ ।
News Desk 0 response आइतवार, अशोज १४, २०७५
वायर हाउसका म्यानेजर दामोदर वस्याललेनै सुरक्षा प्रमुखलाई खवर गर्दा पनि अभियुक्त पक्राउमा समस्या आउनु दुखद बिषय भएको स्थानीयवासिन्दा बताउँछन् ।
मेलम्ची अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३ सय ४० बोरा अर्घाखाँची सिमेन्ट स्थानीय पसलमा विक्री भएको थियो । यसको सुईको पाएपछि वायर हाउसका मेनेजर बस्यालले प्रहरीलाई चोरी भएको खवर दिएका थिए ।
असोज २ गते राति ११ बजे ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रक काठमाडौं गोदामबाट सिमेन्ट लोड गरी अम्बाथान स्टोरसम्म पुगेर सिमेन्ट अनलोड नगरी फर्किएको थियो । तर, सिएमसी कम्पनीका अम्बाथान स्टोर किपर छिरीङ दोर्जे लामाले ३ सय ४० बोरा सिमेन्ट बुझी लिएको लेखि विलमा छाप लगाएर ३ सय ४० सिमेन्टनै नझारी ट्रक फर्किएको थियो ।
करीव ११ किलोमिटर तल तालामाराङ बजारमा ३ पसलमा सिमेन्ट विक्री गर्दै गर्दा प्रहरीले पक्राउ गर्न खोज्दा चालक फरार भएका थिए । उक्त सिमेन्ट र ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यस बारेमा अझै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी बिमल कणेलले जानकारी दिए ।
बस्यालले मेलम्ची खानेपानी ठेकेदार कम्पनीका सुरक्षा प्रमुख होम चौहानलाई खवर गरेपछि सिमेन्ट चोरी भएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान गरेको भने पनि यसमा ढिलाई भईरहेको ठेकेदार कम्पनीले गुनासो गरेको छ ।

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



