

-
शिक्षक सेवा आयोगको परीक्षाका कारण ओखलढुङ्गाका अधिकांश विद्यालय बन्द भएका छन्। असोज ११, १२ र १३ मा हुने शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु हिँडेपछि जिल्लाका अधिकांश विद्यालय बन्द भएका हुन्। शिक्षकहरु परीक्षा दिन गएपछि विद्यालयहरु चारदेखि पाँचसम्म गरेका छन्। लामो समयसम्म अस्थायी शिक्षक दरबन्दीमा काम गरिरहेका शिक्षकहरुका लागि अवसर भएकाले स्थानीय बिदा गर्न पाउने अधिकार प्रयोग गरी विद्यालय बिन्द गरेको हुन सक्ने जिल्ला शिक्षा समन्वय इकाइ ओखलढुङ्गाका प्रमुख खगेन्द्र श्रेष्ठले बताए। कतिपय विद्यालयका शिक्षक आफ्नो पाउने बिदा कटाएर हिँडेको र केही शिक्षक परीक्षार्थी भएकै कारण बन्द गराएको यसम माविका प्रधानाध्यापक घनबहादुर काफ्लेले बताए। उनका यसमा माविका १४ जनामध्ये १२ जनाले परीक्षार्थी भएकाले स्थानीय बिदा गरिएको बताए। यस्तै, फूलमती माविका नौ जना शिक्षक परीक्षा दिन गएपछि विद्यार्थीहरुलाई असोज ९ देखि ११ सम्म विद्यालय नआउनु भनिएको फूलमति माविका शिक्षक राकेश सुनुवारले बताए।
News Desk 0 response बुधबार, अशोज १०, २०७५


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९