

शशांक र उपेन्द्रको एउटै मान्छे परेपछि वीरमा बिलम्व
शिक्षण अस्पतालमासँगै काम गरेको नाताले कोईरालाले शाहका पक्षमा लबिङ गरिरहेका छन्
-
काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिए पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री बीच कुरा नमिल्दा नियुक्ति हुन सकेको छैन । न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका कारण पनि स्वास्थ्यमन्त्री समस्यामा छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् । सुरुमा छ जनाको नाम तयार गरेर सिफारिस समितिमा पठाउँदा नै तीन जना अयोग्य ब्यक्तिको नाम पठाईएको थियो । तीन जना अयोग्यलाई हटाएर तीन योग्यमात्र सिफारिसमा पारिएको थियो । शाहलाई जसरी पनि प्रमुख वनाउने योजनामा लागेका मन्त्री उपेन्द्र यादवको दबावमा एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी सिफारिसमा परेका छन् । शाहसँग नेपाली काँग्रेसका नेता सशांक कोईरालाको पनि राम्रो दोष्ती छ । शिक्षण अस्पतालमासँगै काम गरेको नाताले कोईरालाले शाहका पक्षमा लबिङ गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, अशोज ९, २०७५
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् । निर्णय क्षमतामा कमजोर भएका कारण शाहले काम गर्न नसक्ने प्रधानमन्त्रीको पनि निचोड छ ।
सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।
तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



