

सार्वजनिक पदमा रहेकाले अब सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने
पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले यस बिषयमा कडा रुपमा आवाज उठाउँदै आएका थिए
-
काठमाडौं ।
आफू कानुनमन्त्री हुँदाका बखत सार्वजनिक पदमा रहेका ब्यक्तिले अनिवार्य आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्थासहित कानुनको मस्यौदा तयार गरेपनि पछि मन्त्री परिषदको बैठकले सो बुँदा नै हटाएपछि पूर्व कानुनमन्त्री शेरवहादुर शेरबहादुर तामाङले यस वारे चर्को आवाज उठाएका थिए । अन्तत्वोगत्वा उनको यो पहल सार्थक भएको छ ।
मौलिक हक कार्यान्वयनका लागि संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको ‘व्यक्तिको वैयक्तिक स्वतन्त्रता विधेयक’मा समितिले उक्त व्यवस्था राख्ने सहमति गरेपछि अब अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।
सोमबार सिंहदरबारमा भएको समितिको छलफलमा विधेयकमा यस्तो व्यवस्था राख्न सहमति भएको तामाङले बताए । यसअघि गोप्य राख्ने प्रस्ताव गरिएको थियो। तामाङ कानुनमन्त्री हुँदा मस्यौदा गरेको विधेयकमा उक्त दफामा सार्वजनिक गर्ने भनिएको थियो। तर, मन्त्रिपरिषद्बाट पारित भई प्रतिनिधिसभामा दर्ता हुँदा सार्वजनिक गर्नुपर्ने व्यवस्था हटाइएको थियो।तामाङका अनुसार यसअघि गोप्य रहने भनि राखिएको वैयक्तिक गोपनियता सम्बन्धी कानुनमा ‘सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुको सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम सार्वजनिक गर्न यस कानुनले कुनै बाधा नपर्ने’ भन्ने वाक्य राख्ने सहमति भएको छ।
News Desk 0 response सोमवार, भदौ २५, २०७५


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८० -
नाका नखुल्दा चौँरी बिक्री नभएर सास्ती
मङ्लबार, मंसिर ५, २०८०