

सार्वजनिक पदमा रहेकाले अब सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने
पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले यस बिषयमा कडा रुपमा आवाज उठाउँदै आएका थिए
-
काठमाडौं ।
आफू कानुनमन्त्री हुँदाका बखत सार्वजनिक पदमा रहेका ब्यक्तिले अनिवार्य आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्थासहित कानुनको मस्यौदा तयार गरेपनि पछि मन्त्री परिषदको बैठकले सो बुँदा नै हटाएपछि पूर्व कानुनमन्त्री शेरवहादुर शेरबहादुर तामाङले यस वारे चर्को आवाज उठाएका थिए । अन्तत्वोगत्वा उनको यो पहल सार्थक भएको छ ।
मौलिक हक कार्यान्वयनका लागि संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको ‘व्यक्तिको वैयक्तिक स्वतन्त्रता विधेयक’मा समितिले उक्त व्यवस्था राख्ने सहमति गरेपछि अब अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।
सोमबार सिंहदरबारमा भएको समितिको छलफलमा विधेयकमा यस्तो व्यवस्था राख्न सहमति भएको तामाङले बताए । यसअघि गोप्य राख्ने प्रस्ताव गरिएको थियो। तामाङ कानुनमन्त्री हुँदा मस्यौदा गरेको विधेयकमा उक्त दफामा सार्वजनिक गर्ने भनिएको थियो। तर, मन्त्रिपरिषद्बाट पारित भई प्रतिनिधिसभामा दर्ता हुँदा सार्वजनिक गर्नुपर्ने व्यवस्था हटाइएको थियो।तामाङका अनुसार यसअघि गोप्य रहने भनि राखिएको वैयक्तिक गोपनियता सम्बन्धी कानुनमा ‘सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुको सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम सार्वजनिक गर्न यस कानुनले कुनै बाधा नपर्ने’ भन्ने वाक्य राख्ने सहमति भएको छ।
News Desk 0 response सोमवार, भदौ २५, २०७५

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



