• नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।