

-
हङकङ : हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो।
हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए।
उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्।
यो मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्ने आरोपलाई उनीहरूले खारेज गर्दै आएका छन्। झण्डै चार वर्ष लामो कानुनी लडाइँपछि लाइलाई सुनाइएको छ।
News Desk 0 response सोमवार, माघ २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



