

-
काठमाडौं : निर्वाचन आयोगले आम मतदातालाई चुनावका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।
डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ । स्वीकृत कार्यक्रम अनुसार हरेक पालिकाका हरेक वडामा एकरएक स्वयंसेवक परिचालन हुनेछन् ।
प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।
प्रतिनिधिसभाको चुनाव आउँदो फागुन २१ गते हुँदैछ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना निर्वाचित हुने व्यवस्था छ ।
News Desk 0 response सोमवार, माघ २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



