

-
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।
त्यसका लागि सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा शहीद दिवसले थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।
‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन् ।
दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना सन्देश दिँदै स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् । शहीदहरूले स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उनले उल्लेख गरेका छन् ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।
News Desk 0 response बुधबार, माघ १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जापानमा प्रधानमन्त्री ताकाइचीको ऐतिहासिक जीत, थाइल्याण्डमा प्रधानमन्त्रीको..
सोमवार, माघ २७, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२ -
अमेरिकासँगको वार्ता अघि बढ्छ : इरानका राष्ट्रपति
आइतवार, माघ २६, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२
-
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
घुस प्रकरणमा प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध..
बिहिबार, माघ २३, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको..
आइतवार, माघ १९, २०८२



