-
काठमाडौं : टर्कीमा हिजो गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।
टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।
यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।
अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन् । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।
News Desk 0 response मङ्लबार, माघ २४, २०७९
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१