-
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन् ।
उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए। नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उनको भनाइ छ ।
‘जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ’, उनले भने । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए ।
एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए ।
दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।’ तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ ।
‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् ।
विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ ।
पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिवार भोलि गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । यस्तै पर्सि आइतवार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ ।
छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्रो भारतको नयाँ दिल्लीमा भएको थियो ।
News Desk 0 response शुक्रबार, माघ २०, २०७९
सम्बन्धित शीर्षकहरु
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८०बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, ३१ जनाको उद्धार
सोमवार, चैत्र ५, २०८०मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८०पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको..
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८०
-
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
सोमवार, चैत्र ५, २०८० -
बाग्लुङको निसीखोला बस दुर्घटना : ७ जनाको..
सोमवार, चैत्र ५, २०८० -
मधेश प्रदेश सरकारमा एमाले सहभागी
सोमवार, चैत्र ५, २०८० -
पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित
सोमवार, चैत्र ५, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८०
-
आफैँले प्रधानमन्त्रीको अफर गरेको रविलाई गृहमन्त्री बनेपछि..
शनिबार, चैत्र ३, २०८० -
पालिकाले पठायो, हाजिर भएन साउनदेखि तलब बन्द
सोमवार, फाल्गुन २८, २०८० -
गृह सचिवमा एक नारायण अर्याल
सोमवार, फाल्गुन २८, २०८० -
चैत्र १५ गतेदेखि हुन गइरहेको एसईईको तयारी..
सोमवार, चैत्र ५, २०८० -
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज..
सोमवार, फाल्गुन २८, २०८०