• काठमाडौं : एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू समर्थित विद्यार्थीहरुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला जलाएका छन् ।

    विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएका हुन् ।

    शिक्षामन्त्री खनालले निजीकालाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप लगाएका छन् ।

    मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन्।