• काठमाडौं : अरिँगालको गोलोका कारण काठमाडौंको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ ।

    मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाडौं ग्रिडका प्रमुख विनोद लोहनीले बताएका छन् । साथै उनले अरिँगाल पोल्नको लागि मान्छे समेत खोजेका छन् । अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उनले बताए ।

    ‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिँगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला ।’ लोहनीको भनाई छ ।