

-
काठमाडौं । आइतबार २४ घण्टाको अवधिमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका उक्त संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार यस अवधिमा १२ हजार ४२७ जनाको नमूनाको पीसीआर परीक्षण भएको छ । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या एक लाख सात हजार ७५५ पुगेको छ । नेपालमा शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी कुल संक्रमितमध्ये नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टाको अवधिमा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकमध्ये ५ महिला र १७ जना पुरुष भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार थप १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । यो निको हुने दुर कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । बाँकी सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । तीमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ६४९ र होम आइसोलेशनमा १७ हजार ६६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले देशभरका क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन् ।
News Desk 0 response आइतवार, अशोज २५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


