• काठमाडौं । काठमाडौं उपत्यकामा विगत २४ घण्टामा थप १ हजार ४०९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित भएका हुन् । यस अवधिमा १३ हजार २७९ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् । हिजो उपत्यकामा मात्रै २ हजार ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

    मन्त्रालयको कोभिड–१९ अपडेटका क्रममा यस अवधिमा कोरोनाबाट काठमाडौं उपत्यकामा मात्रै ३ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनका अनुसार २४ घण्टामा देशभरबाट २ हजार ५९ जनामा कोरोना संक्रममण देखिएको छ । त्यसैगरी १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् भने उपत्यकाका ३ सहित १० जनाको मृत्यु भएको छ ।