

-
काठमाडौं । सोमबार नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मुलुकभरबाट २ हजार ४४० जनामा संक्रमण देखिएको बताएका हुन् । उनका अनुसार यस अवधिमा १३ हजार ७८१ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।
त्यसैगरी यसै अवधिमा १ हजार १ सय ३३ कोरोनामुक्त भएर डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताए । यसरी अहिलेसम्म कुल संक्रमित मध्ये ६५ हजार २०२ जना निको भएका छन् । बाँकी सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १९१ र होम आइसोलेसनमा १२ हजार ३१६ जना रहेको सो अवसरमा उनले जानकारी दिए ।
सक्रिय संक्रमितमध्ये २४४ आइसीयूमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ । अहिले मुलुकभरका क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसरी नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, अशोज १९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३
-
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


