

-
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन् । वडा नं १ कुलुङको सिंहमालिका माध्यमिक विद्यालयमा बस्दै आएका उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् ।
चौध दिनको समयावधि पूरा भएपछि स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि उनीहरू घर फर्किएका हुन् । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोमा काम गर्दै आएका ती मजदुर सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेपछि गत चैत १७ गते भोजपुर आएका थिए ।
भोजपुर आएका उनीहरुलाई स्थानीयवासीले देखी वडा र प्रहरीलाई खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिएका छन् ।
यसैबीच रामप्रसादराई गाउँपालिका–४ दलगाउँको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बस्दै आएका एक युवा पनि क्वारेन्टाइन पछि घर फर्किएका छन् । उनी गत चैत ५ गते दुबईबाट आएका थिए । हालसम्म भोजपुरमा ३४ जना क्वारेन्टाइनमा र ९० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुुरले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



