

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा थप अनुसन्धान गर्ने भएको छ ।
आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा ५५ व्यक्ति र एक चिनियाँ कम्पनीसहित ५६ जनालाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले दायर गरेको मुद्दाको चार्जसिटमा उल्लेख भएअनुसार विशेष अदालत काठमाडौंबाट मुद्दा नं ०७४–सीआर–०१६७ मा भएको फैसलालाई आधार मान्दै फरक–फरक प्रकृतिका र अवधिका वारदातहरू तथा फरक–फरक निर्णयकर्ताहरू भएकाले ती विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने निर्णय गरेको छ ।
विशेष अदालतले फरक प्रकृतिका, फरक मितिका, फरक विषयवस्तुका र फरक संलग्न व्यक्ति भएका मुद्दाहरूमा भिन्नाभिन्नै आरोपदाबी ल्याउन आयोगको ध्यानाकर्षण गराएको थियो ।
आयोगले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर भ्रष्टाचार भएको भन्ने विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने जनाएको छ । यो प्रकरणमा थप तीन वटा विषयमा अनुसन्धान अघि बढाइनेछ ।
त्यस्तै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधारहरू निर्माण गर्ने दायित्व ठेकेदारको हुने व्यवस्था रहेकोमा छिने डाँडा र रिठ्ठेपानी डाँडा कटानका लागि सम्झौताविपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिई अनियमित र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने भनिएको छ ।
साथै नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबिच भएको सम्झौताको आइटम नम्बर १।२ मा समावेश २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा अनियमितता र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने पनि भनिएको छ ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



