• काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा एकैपटक ५ जना पूर्वमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले आइतबार दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लाई प्रतिवादी बनाइएको छ ।

    यस्तै, तत्कालीन पर्यटन मन्त्री स्व। पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ ।

    विमानस्थल निर्माणको ठेक्का प्रक्रियामा अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई हानी पुर्‍याएको अभियोगमा उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

    अख्तियारले मन्त्रीहरूसँगै तत्कालीन सचिवहरू ९सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, रन्जनकृष्ण अर्याल लगायत०, नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिसहित कुल ५५ जना विरुद्ध मुद्दा चलाएको छ ।