

-
हेटौंडा : मकवानपुरको सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै हिजो बिहानै डोजर चलाएर ५ सय ३१ वटा घर–टहरा भत्काएका थिए ।
सडक डिभिजन कार्यालयले आज भने सर्वोच्च अदालतको पत्र प्राप्त भएको भन्दै भत्काउने काम रोकेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारेमा छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकेको छ ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा भत्काएका घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ । उपमहानगरको आज बसेको ७६औं कार्यपालिका बैठकले भत्किाएका घर बनाउन सहुलियतपूर्ण ब्याजको ऋणका लागि अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यस्तै सडक विस्तारका क्रममा प्रभावित भइ व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिइ व्यवसाय सुरू नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगरसभासमक्ष पेश गर्ने निर्णय पनि भएको छ ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



