

-
वासिङ्टन डिसी : अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ।
विज्ञप्ति अनुसार, शान्तिका लागि विशेष दूतहरू स्टिभेन विटकफ र जारेड कुशनरले युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ र जनरल स्टाफका प्रमुख जनरल अन्द्रिय ह्नातोभसँग रचनात्मक छलफल गरेका थिए। यी वार्ताहरू युक्रेनमा दीगो र न्यायोचित शान्ति स्थापित गर्न सम्भावित मार्ग पहिचान गर्ने उद्देश्यका साथ सम्पन्न भएका हुन्।
गत दुई हप्तामा यो समूहको छैटौँ बैठक रहेको विज्ञप्तिमा उल्लेख छ। सचिव उमेरोभले युक्रेनको शीर्ष प्राथमिकता आफ्नो स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित राख्ने, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र समृद्ध लोकतान्त्रिक भविष्य निर्माण गर्ने गरी समाधान खोजिनुपर्नेमा जोड दिए।
बैठकमा अमेरिकन र रूसी प्रतिनिधिहरूबीच हालै सम्पन्न भेटका नतिजा पनि समीक्षा गरियो। साथै, दुवै पक्षले दीर्घकालीन शान्ति कायम गर्न आवश्यक पर्ने प्रतिरोध क्षमता सहितको सुरक्षा व्यवस्थाको आधारभूत संरचनामा सहमति जनाएका छन्। दुवै मुलुकले कुनै पनि वास्तविक प्रगति रूसको दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता र तनाव घटाउने तथा हिंसा अन्त्य गर्ने ठोस कदममा निर्भर रहने कुरा स्वीकारे।
यसबाहेक, दुवै पक्षले युक्रेनको युद्धपछिको पुनर्निर्माण, संयुक्त आर्थिक परियोजना तथा दीर्घकालीन पुनरुत्थान कार्यक्रम समेट्ने ‘भविष्य समृद्धि एजेन्डा’ बारे पनि छुट्टै छलफल गरेका थिए।
प्रारम्भिक रिपोर्टअनुसार मियामी, फ्लोरिडामा आयोजित यी वार्ताहरू शनिबार पनि जारी रहने विज्ञप्तिमा उल्लेख छ।
News Desk 0 response शनिबार, मंसिर २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



