

-
काठमाडौं : पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म एक सय १४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका एक सय ९९ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या चार सय २२ पुगेको छ । जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज भएका छन् । महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा पानीको नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रियालाई अघि बढाएको छ ।
महानगरको स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरेका बिरामीको दिसाको कुल १० नमुनामध्ये आठ नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । बाँकी दुई नुमनाको रिपोर्ट आउन बाँकी छ ।
हैजा फैलिएपछि वीरगन्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिन बन्द गरेको छ । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पानी उमालेर पिउन, खुला शौच नगर्न, सरसफाइमा ध्यान दिन डाक्टरले अनुरोध गरेका छन् ।
News Desk 0 response बुधबार, भदौ ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



