• काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

    समितिले आगलागीको कारण, क्षति तथा अन्य विषयमा छानबिन गर्नेछ । प्रवक्ता खड्काकाअनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री सतुङगल बलम्बुको गोदाममा राख्ने गरिएको थियो ।

    आगलागी लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हिजो बेलुका बलम्बु पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै छानबिन गर्न निर्देशन दिएका थिए ।