

-
रुसले पछिल्लो पटक युक्रेनमा हवाई आक्रमण गरेपछि भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परि चार जनाले ज्यान गुमाएका छन् भने १२ जनाभन्दा धेरै घाइते भएका छन् ।
हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा क्षति भएको हो ।
रुस–युक्रेन युद्धको ९ महिना बितिसकेको छ । मस्कोले अत्याधुनिक क्षेप्यास्त्रसहित आक्रमणका घटना बढाएको समाचार संस्था एपीले जनाएको छ । यी आक्रमणबाट भएको क्षतिपछि ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता व्यक्त गरिएको छ ।
युक्रेनका २४ क्षेत्रहरूमध्ये कम्तीमा १६ क्षेत्रहरूमा र राजधानी किएभमा महत्त्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौँ मानिस बिजुली, पानीलगायत इन्धनको अभावमा छन् । युद्धको प्रभाव दुई देश तथा युरोपमा मात्र सीमित नभएर विश्वभर उत्तिकै चिन्ताको विषय बनेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले जनाएका छन् ।
इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलन चलिरहेकै बेला मङ्गलवार रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको थियो । सम्मेलनमा सहभागी धेरैजसो देशका शीर्ष नेताले युद्धलाई लिएर रुसको निन्दा समेत गरेका थिए ।
News Desk 0 response शुक्रबार, मंसिर २, २०७९

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



