

-
रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ ।
इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ ।
सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अर्थतन्त्र नै समस्यामा पारेको भन्दै उनीहरूले फेरि एक पटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने जोड दिएका छन् ।
घोषणापत्रमा आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य भएको पनि उल्लेख रहेको बीबीसीले जनाएको छ । हिजो पोल्यान्डको भू–भागमा क्षेप्यास्त्र खस्दा दुई जनाको ज्यान गएपछि जी–२० मा आपत्कालीन बैठक बस्दा शिखर सम्मेलनको तालिकासमेत प्रभावित भएको थियो ।
सम्मेलन सकिएसँगै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जी–२० को अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेका रोयटर्सले जनाएको छ ।
News Desk 0 response बुधबार, कार्तिक ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



