

-
सप्तरी : सप्तरीको दुई छुट्टाछुट्टै घटनामा पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।
सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
गाउँको डिहबार थानको पूर्व रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेका बालकलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
यसैगरी विष्णुपुर गाउँपालिका–३ बस्ने सीताराम सदाको छोरा ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फूल टिप्न गएका सदाको डुबेर मृत्यु भएको स्थानीयवासी राजेन्द्र सदाले बताए ।
घटनास्थलमा पुगेको बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सदालाई गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेकोमा हिजो दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
News Desk 0 response बुधबार, साउन २५, २०७९


सम्बन्धित शीर्षकहरु
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०