

-
धनुषा : मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् ।
किसानहरुले पाँच बुँदे माग राख्दै आज बिहीवार मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर धर्नासमेत बसेका छन् । किसानहरूले अदालतको आदेशअनुसार शीत भण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, समयमा पर्याप्त मल, खाद्य, बिउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजना एकरूपता गरी किसानहरूको हकहित सुनिश्चितता हुनुपर्ने, विभिन्न कारणले बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसहित धर्नामा बसेका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा झन्डै साढे दुई करोड रुपैयाँ लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नपाउँदा समस्या परेका छन् । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा साढे दुई करोड रुपैयाँ खर्च भए पनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि समस्यामा परेका छन् ।
News Desk 0 response बिहिबार, असार १६, २०७९


सम्बन्धित शीर्षकहरु
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०