
-
काठमाडौंं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा सीटीस्क्यान खरिदमा मुछिएका छन् । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने मन्त्री लामा र सोही जिल्ला घर भएका ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीको सेटिङमा बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रको सीटीस्क्यान मेसिन खरिदमा सेटिङ गरी ७ करोड बढी कबोल गर्ने कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाइएको छ । प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले ५ वटा सीटीस्क्यान मेसिन खरिद गर्ने टेण्डर गरेको थियो । जसमा ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि र भण्डारी सर्जिकललाई दिनका लागि स्पेसिफिकेसन बनाउँदादेखि नै चलखेल भएको स्रोतले बताएको छ ।
मेडट्रोनिक्स नेपाल प्रालि धिरज थपलियाको हो भने भण्डारी सर्जिकल रामशरण भण्डारीको हो । सिटीस्क्यान खरिदका लागि मन्त्री लामासँग होटलमा राखी सेटिङ गराउने बिचौलियाको काम ओम सर्जिकलदेखि ह्याम्स अस्पतालका संचालक रामशरण भण्डारीले गरेको स्रोतले बताएको छ । धिरज थपलियाको मेडट्रोनिक्स नेपाल प्रालि तोसिबा ब्रान्डका स्वास्थ्य उपकरण नेपालमा ल्याउने एजेन्ट हो । त्यही तोसिबा ब्रान्डको सिटीस्क्यान मेसिन खरिदका लागि थपलियालाई मन्त्री लामासँग राख्ने काम भण्डारीले गरेका हुन् ।
भण्डारी र थपलियासँग सेटिङ गरिसकेपछि मन्त्री लामाले बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक अर्जुन सापकोटालाई बोलाएर मेडट्रोनिक्स नेपाल प्रालिको सीटीस्क्यान खरिदका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । जागिर नै संकटमा पर्ने धम्कीपछि सापकोटाले मन्त्री लामाको आसय अनुसार नै मेडट्रोनिक्स नेपालको सीटीस्क्यान मेसिनसँग मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाउन बाध्य भएका थिए । उक्त स्पेसिफिकेसन मन्त्री लामाले निवासमै बोलाएर हेरेपछि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । ब्यापारी भण्डारीको सेटिङमा मन्त्री लामाले ७ करोड बढी कबोल गर्ने मेडट्रोनिक्स नेपाललाई सीटीस्क्यान खरिदको लागि प्रक्रिया अगाडि बढाउन लगाएका छन् ।
बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले ३२ करोडमा पाँच वटा सिटी स्क्यान मेसिन किन्न बजेटको व्यवस्था गरिएको थियो । तर सेटिङ गर्ने र कमिसन खानकै लागि लागि उक्त बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्याइएको थियो ।
नेपालफेस अन्लाईले लेखे अनुसार अनुसार पाँच वटा सिटी स्क्यान मेसिनको बोलपत्रमा क्यापिटल इन्टरप्राइजेजले सबैभन्दा कम रकम कबोल गरेको थियो । उक्त कम्पनीले २९ करोड ६६ लाख २५ हजार रुपैयाँमा सीटीस्क्यान आपूर्ति गर्ने बोलपत्र पेश गरेको थियो । तर मन्त्री लामाले क्यापिटल इन्टरप्राइजेजले भन्दा करिब सात करोड बढी रकम कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्रालि÷भण्डारी सर्जिकलको टेण्डर स्वीकृत गरेका छन् । मेडट्रोनिक्स नेपाल प्रालि÷भण्डारी सर्जिकलले सिटी स्क्यानका लागि ३६ करोड ६४ लाख रुपैयाँमा दिने कबोल गरेका छन् ।
सीटीस्क्यान खरिदमा सिन्धुपाल्चोककै ब्यापारी रामशरण भण्डारीसँग मिलेर सेटिङ गरी ७ करोड बढी कबोल गर्ने कम्पनीलाई दिन लागिएकोारेमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले भने–सीटीस्क्यान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता छैन, यो काम सबै आपूर्ति ब्यवस्थापन केन्द्रको उतै सोध्नुस् भनेर फोन सम्पर्क बिच्छेद गरे ।
News Desk 0 response सोमवार, असार १३, २०७९


सम्बन्धित शीर्षकहरु
-
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय..
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९ -
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
बुधबार, साउन २५, २०७९
-
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९ -
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
बुधबार, साउन २५, २०७९ -
पानीमा डुबेर दुई जनाको मृत्यु
बुधबार, साउन २५, २०७९
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको निर्देशनमा ..
आइतवार, साउन १५, २०७९ -
भण्डारी पुत्र खेन्पो कमल बौद्ध महासंघको अध्यक्ष
बुधबार, साउन १८, २०७९ -
नयाँ निर्वाचनको मिति घोषणा ४८ बिधेयक अझै..
बिहिबार, साउन १९, २०७९ -
सरकारनै प्रदेश बिरोधी,एक बर्षमा एक पटक पनि..
आइतवार, साउन १५, २०७९ -
अनावश्यक भर्ती समस्याले सार्वजनिक संस्थान चुर्लुम्मै
आइतवार, साउन २२, २०७९