
-
काठमाडौँ : स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेको “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ ।
अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पु¥याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवाना उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि पाँच लाख जरिवाना अध्यादेशमा तोकिएको छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा रु एक लाख जरिवानाको अध्यादेशमा व्यवस्था गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गर्नुभएको अध्यादेश मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेका हुन् ।
राष्ट्रपतिले जारी गरेको उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको हो ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९


सम्बन्धित शीर्षकहरु
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
कर्मचारीको जागिरनै धरापमा पार्ने धम्की दिँदै सीटीस्क्यान..
सोमवार, असार १३, २०७९ -
भरतपुर अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
शुक्रबार, असार १०, २०७९ -
बिकृत बन्दै न्यायालय चुपचाप बस्दै दलका नेता
आइतवार, असार १२, २०७९ -
आफूखुशी प्रहरी संगठन चलाउन समायोजन सम्वन्धि कानुन..
बुधबार, असार ८, २०७९ -
कृषि प्रधान देश, ११ महिनामा साढे ४४..
बुधबार, असार १५, २०७९