• काठमाडौँ : नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।

    परिषद्का सचिव मोना सिंहले आज जारी गरेको सूचनामा परिषद्को अनुशासन समितिको २०७९ वैशाख १६ गते बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।

    परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता केसीको प्रमाणपत्र नम्बर ८२५६ को कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।