• काठमाडौँ : कोरोना संक्रमणदर बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य, पूजा, ध्यान र प्रार्थना मात्रै गर्न पाइने भएको छ ।

    उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य, पुजा, ध्यान र प्राथना मात्र गर्न आग्रह गरेको हो ।

    संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मङ्गलवारदेखी अस्थायी रोक लगाएको बताइएको छ । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।