

-
कास्की : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ ।गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मास्क अभियानसँगै सहरी तथा राजमार्गमा स्वास्थ्य मापदण्ड र जाँचलाई कडाइ गरिएको छ ।कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी सवारी चलाउने चालक तथा सवारीसाधनसमेतलाई नियन्त्रणमा लिएको बताए ।
उनले भने, “कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौँ । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारीसाधनमा यात्रा गर्नेहरूलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना कडाइका साथ लागू गरिएको छ ।”
प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक सवारीमा सवार गर्दा तथा सार्वजनिक सेवा लिन आउँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड नलिने सेवाग्राहीसमेतलाई कारबाही सुरु गरिएको जनाएको छ ।स्वास्थ्य निर्देशनालयको निर्देशनबमोजिम मास्क, स्यानिटाइजरको प्रयोग, भौतिक दूरी कायमलगायत विषयमा जाँच गरेको कास्की ट्रफिक प्रहरीले पछिल्ला दुई दिनमा एक हजार ७५५ थान मास्क निःशुल्क विरतण गरेको जनाएको छ ।
यसैगरी दुई हजार २० प्रति स्वास्थ्यसम्बन्धी जनचेतनामूलक पर्चासमेत वितरण गरिएको जनाइएको छ । प्रहरीले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरी यात्रु ओसारपसार गर्ने २२५ सार्वजनिक सवारीसाधन र १४९ यात्रुलाई कारबाही गरिएको जनाएको छ ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न २९ स्थानमा जाँचचौकी स्थापना गरी २४ घण्टा नै सवारी जाँच सुरु गरिएको जनाएको छ ।
News Desk 0 response सोमवार, माघ ३, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२