• काठमाडौँ : नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ ।

    मेडिकल काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोरोना पोजेटिभ देखिएको छ ।

    आज बुधबार एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।