

-
काठमाडौँ : नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।
सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् ।
मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए ।
कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन सङ्ग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, सङ्ग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गर्नुभएको न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ ।
रुबिनको सङ्कलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाए । “हामीले सङ्कलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो,” चोरीका कलाकृति सङ्ग्रहालयमा पुगेकामा खेद व्यक्त गर्दै उनले भने ।
News Desk 0 response मङ्लबार, पुस २७, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२