

-
काठमाडौँ : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रुपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ ।
चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढदै गएकाले स्वास्थ्यसुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको हो । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।
आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिनेछ । स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।
हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुनलागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
उक्त स्थानमा अवलोकनका गर्न विदेशीलाई रु १०००, सार्क राष्ट्रका पाहुनालाई रु ५००, नेपालीलाई रु २००, विद्यार्थीलाई रु १३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका हुन् ।
विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।
News Desk 0 response मङ्लबार, पुस २७, २०७८

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



