

-
काठमाडौं ।
कीर्ते काममा अदालत बाट सजाय पाएका एक ब्यक्तिलाई नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि ठगी र कीर्ते कामको नयाँ शैली फेला परेको छ । जसले बैंकको खाता बन्द गर्दै आफन्तको नाममा चेक काटेको तथ्य फेला परेको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका वडा नम्वर ७ घर भएका रामहरि थापालाई अदालतको आदेश अनुसार अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । थापाले साझेदारीमा भएको कम्पनीमा एकल हस्ताक्षरमा खाता सञ्चालन गरेर आफन्तको नाममा धमाधम चेक काटेपछि उनको नाममा सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।
कीर्तेका योजनाकार रामहरि थापा सिन्धुपाल्चोककै नवीन राउतले दायर गरेको मुद्धामा सुनौली खिम्ती कन्टक्सन प्रालिको नाममा शेयर बेचेर थापाले एकलौटी खाता सञ्चालन गरेर अबैध चेक काटेका हुन् । थापाले शेयर सदस्यहरु बिदेश भ्रमण गएका बेला आफन्त मेखवहादुर श्रेष्ठको नाममा २ करोड ४० लाख रुपैयाँको चेक काटेका थिए । जवकी कम्पनीमा विवाद आएपछि उनै थापाले यो खाता बन्द गर्न बैंकमा निवेदन दिएका थिए । सोही बेला अर्का नातेदार कुमार श्रेष्ठको नाममा पनि ६० लाख रुपैयाँको चेक काटेको भनि राउतले मुद्धा दायर गरेका थिए ।
कम्पनीसँग कुनै पनि कारोवार नभएको ब्यक्तिलाई चेक काटेर रकम दिएपछि यो बिषय अदालतमा पुगेको थियो । यो कामले कम्पनीलाई कालोसूचीमा राखेर बदनाम गर्ने र भएको रकम आफू र आफन्तको खातामा लैजाने थापाको योजना रहेको मुद्धाको फैसलामा उल्लेख गरिएको छ । २०७३ जेठ २० गते आफैले बन्द गरेको खाताको चेक २०७६ आफैले चेक काट्नु नै कम्पनीलाई बद्नाम गराएर बैंकको कालोसूचीमा राख्ने योजना रहेको उजुरीकर्ता मध्येका एक नवीन राउत बताउँछन् । यो काम रामहरी थापाको कीर्ते तथा ठगी भएको भन्दै जिल्ला अदालत सिन्धुपाल्चोकले फैसला गरेको थियो । सो फैसलापछि उनीहरु लुकेर बसेका थिए । भक्तपुरमा लुकेरै बसेको अवस्थामा थापालाई नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले कन्ट्रयाक टे«सिङ्गको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसोत जिल्ला अदालतको फैसलापछि पनि रामहरि थापाले आफ्नै ट्रान्सपोर्ट कम्पनीको नाममा ७ करोड ७५ लाख रुपैयाँको चेक काटेको प्रहरीमा उजुरी परेको छ । थापाकै नाममा रहेको कम्पनीको नाममा २०७८ जेठ १२ गते चेक काटिएको छ । नेपाल बंगलादेश बैंकको सो चेक सुनौलो खिम्ती कन्ट्रक्सनकै नाममा रहेको छ । जुन खाता यस अघि नै थापा आफैले बन्द गर्न बैंकमा निवेदन दिएका छन् ।अदालतको फैसला यस्तो छ
प्रहरीका अनुसार यो समुहले आफ्नो साथमा भएका अरुका कम्पनीको पुराना चेकहरु प्रयोगमा ल्याई ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । पहिले आफैँ सञ्चालक रहेको कम्पनीबाट रकम असुल्ने मनसायले आफ्नो मामा ससुरा मेखबहादुर श्रेष्ठ र सालो कुमार श्रेष्ठको नाममा चार करोडभन्दा बढी चेक काटी दिई बाउन्स गर्न लगाएको दाबीसहित सञ्चालकले जालसाजी मुद्दा दायर गरेका थिए ।
News Desk 0 response सोमवार, पुस २६, २०७८
प्रहरीका अनुसार, यो समुहले जालसाजी गरी चेकहरु आफ्नो हातमा पार्ने अनि ती चेकहरुलाई खातावाला समेतलाई थाहा जानकारी नदिई गोप्य रुपमा बाउन्स गर्न लगाउँदै बार्गेनिङ गर्ने गरेको थियो । यतिमात्र होइन सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा.लि. को नामको जालसाजी ठहर भएकै चेकबुकका अन्य चेकबाट थापा स्वयं सञ्चालक भई दर्ता रहेको सम्मान ट्रान्सपोर्टको नाममा दुईवटा चेक गरी १५ करोड २५ लाख रुपैयाँको चेक बाउन्स गर्न लगाएको दाबीसहित कानुनी उपचारको खोजी भइरहेको सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक नविन राउतले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२