

-
काठमाडौँ : काठमाडौँ महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ ।
कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ ।
काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् । अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ ।
पछिल्लो समय हरेक दिन कोरोना भाइरस सङ्क्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ ।
“यसका लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने देखिन्छ, भीडभाड कम गर्ने र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने काम जनताको नै हो । सबैको सहकार्य भए विगतमा झै यस पटक पनि यसबाट हुने क्षतिलाई कम गर्न सकिन्छ”, उनले भने । अहिले देशको कल जनसङ्ख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
News Desk 0 response शुक्रबार, पुस २३, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२