

-
रत्ननगर : नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् ।चितवनको भरतपुरमा हिजो बुधबार आयोजित विश्व हिन्दु महासङ्घको धर्म सभामा सहभागी वक्ताले नेपाललाई जबरजस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दु राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताए । ‘हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ’ उनले भने, ‘यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।’मुलुकलाई हिन्दु राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
महासङ्घमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको छ छ भन्दै उनले यहाँ हिन्दुहरूलाई लडाउँदै फुटाउने खेल भएको गुनासो गरे ।हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झन्डामा राष्ट्रमात्रै हुन्छ’, अध्यक्ष अधिकारीले भने, ‘धर्म जोगाउन सन्देश दिँदै हिन्दु राष्ट्र ल्याउने सङ्कल्पका साथ अगाडि बढे मात्र हिन्दु राज्य फिर्ता ल्याउन सकिन्छ ।’महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
‘दलहरुको स्वार्थका लागि हिन्दु राज्यबाट नेपाललाई हटाइयो’, उनले भने, ‘हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।’ वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दु राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए ।
.महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नुपर्ने बताए । ‘अब निर्वाचन आउँदै छ, हामीले राजनीतिक दल नहेरौँ जसले हिन्दु धर्मका बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दु राज्य बनाउन पहल गरौँ’, सचिव पौडेलले भने, “सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दु राज्य बनाउन सकिन्छ ।’सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दु धर्मको गरिमा बढ्नमा उनले जोड दिँदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको र यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८

सम्बन्धित शीर्षकहरु
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ स् प्रधानमन्त्री कार्की
बिहिबार, मंसिर १९, २०८२
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



