

-
मोरङ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन निर्देशन दिएका छन् ।
प्रदेश सरकारद्वारा आयोजित कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा उनले कोरोना तेस्रो लहरलाई नियन्त्रण गर्न बेलैमा तयारीका लागि सर्तक रही स्वास्थ्य सम्बन्धमा आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।उनले विश्वलगायत छिमेकी मुलुकमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेकाले खुला सीमाको आवश्यक अनुगमन गर्नुका साथै स्वास्थ्य जाँचलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले प्रदेशमा कोरोना खोपलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै जनचेतना गराई स्वास्थ्य सुरक्षा, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सम्बन्धित मन्त्रालयलाई कोरोना नियन्त्रणका लागि आवश्यक योजना बनाउन निर्देशन दिँदै यसको रोकथाम नियन्त्रणमा बजेटको कुनै कमी हुन नदिने स्पष्ट पारे ।सामाजिक विकासमन्त्री जयराम यादवले अन्य हिमाली तथा पहाडी जिल्लाको तुलनामा तराईका तीन जिल्लामा कोरोना खोप लगाउनेको सङ्ख्या कम देखिएकाले राजनीतिक दलका साथै जिम्मेवार निकायले यसलाई तीव्रता दिनुपर्ने बताए ।
उनले सीमा क्षेत्रमा आम जनताको आवागमन बन्द गरी जोखिम नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मास्क अनिवार्य गरी कोरोना नियन्त्रण र रोकथामका लागि विगतको कमीकमजोरी सच्याएर सरकारी तथा निजी अस्पतालका शय्या तयारी अवस्थामा राख्नुपर्ने बताए ।प्रदेशका प्रमुख सचिव डा। रामप्रसाद घिमिरेले खोपलाई प्राथमिकतामा राखी जोखिम क्षेत्रको पहिचान गरी सबै निकायबीच समन्वय कायम गरी यसको रोकथाम र नियन्त्रणमा कार्य गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेशमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सम्पूर्ण सुविधासहित २५० शय्या तयारी अवस्थामा रहेको जानकारी दिए ।छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरीका प्रदेश प्रमुख, विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायतले स्वास्थ्य सुरक्षामा आवश्यक कडाइ गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेशमा अहिलेसम्म २३ लाख ४४ हजार खोप लगाइएको छ ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८


सम्बन्धित शीर्षकहरु
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२