

-
म्याग्दी : धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बनेकी हुन् ।
पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया यामकुमारी पुन दुई सन्तानकी आमा बनिसकेकी छन् । “र्नौ कक्षा पढ्दापढ्दै विवाह भयो”, पुनले भनिन्, “बिहेपछि पढाइलाई निरन्तरता दिन सकिन ।” उन्नाइस वर्षको हुँदा विवाह गरेकी पूर्णकला पुनले माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरे पनि त्यसभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न विवाह गरेकै कारण बञ्चित हुनुपरेको बताइन् । दुई सन्तानकी आमा बनिसक्नुभएकी पूर्णकलाले उमेर नपुग्दै गर्भवती र सुत्केरी हुँदा समस्या भोग्नुपरेको बताइन् ।
सरु, यामकुमारी र पूर्णकलालाई बालविवाह गरेकामा पछुतो लागेको छ । शारीरिक र मानसिकरुपमा परिपक्क नहुँदै विवाह गरेका कारण श्रीमान्श्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उनीहरुको अनुभव छ । आफूहरुले भोगेको पीडा अरुलाई नपरोस् भनेर दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । “कानुनी हिसाबले अपराध मानिने बालविवाह गर्दा आर्थिक, शैक्षिक, शारीरिक र सामाजिकरुपमा धेरै क्षति ब्यहोर्नुपरेको छ”, सरुले भनिन्, “हामीलाई जस्तो समस्या नपरोस् भनेर बेलैमा सचेत बनाउन लागिएको हो ।”
आयआर्जन समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालविवाहको जोखिममा रहेका किशोरकिशोरीलाई परामर्श दिने र बालविवाह हुन नदिने वातावरण बनाउन पहल गरेको उनी बताउँछिन् । ।
बालविवाह हुन लागेको सूचना पाएमा सम्झाइबुझाइ गर्ने उनीहरुले नमान्नेलाई कानुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधि र पालिकामा खबर गर्छन् । धौलागिरि गाउँपालिकाका २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फण्ड परियोजनाअन्तर्गत सङ्गम म्याग्दीमार्फत सन् २०१९ देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
चौध आयआर्जन समूह, आठ बालविवाह प्रतिकार समूह र १० विद्यालयमा किरोशी समूह बनाइएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताइन् । कार्यक्रम लागू भएका वडामा १० वर्षअघि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या ४६३ थियो । आयआर्जन समूहलाई घुम्तीकोष परिचालनका लागि रु ४८ देखि रु ५० हजार अनुदान उपलब्ध गराइएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताए । सामूहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा बिना धितो घुम्ती कोषबाट ऋण लिएर उनीहरुले बाख्रा, कुखुरापालन, सिलाइ व्यवसाय गरेका छन् ।
बालविवाह न्यूनीकरणका लागि धौलागिरि गाउँपालिकाले उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत विद्यालय र समुदायस्तरमा बालविवाहविरुद्ध सन्देशमूलक कार्यक्रम गरिएको छ । बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत सन्देशमूलक नाटक ‘काइली आमा’को प्रदर्शन गरिएको छ ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



