• काठमाडौँ : युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्।

    खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।

    सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् । युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका छन् । गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ।

    सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् । रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए ।’

    ‘मेरो ड्राइभरको कन्चटमा बन्दुक राखियो । यसो गर्दा जब मैले एकजनालाई चड्कन हिर्काएँ तब उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’ १६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई कालो झण्डा देखाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो र दुई दिनपछि उनले जमानत पाए ।

    घटना भएको १ महिनासम्म उनी समाजवादी पार्टीमा थिइन् । सम्मान नपाएको भन्दै डिसेम्बर १७ मा लखनउ काँग्रेसमा प्रवेश गरिन्।